१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

प्रहरी दिवस र अमर प्रहरी दिवस छुट्टाछुट्टै मनाउन प्रधानमन्त्री ओलीको सुझाव


२४ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई प्रहरी दिवस र अमर प्रहरी दिवस छुट्टाछुट्टै मनाउन अनुरोध गरेका छन । ६४ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी दिवस र अमर प्रहरी दिवस छुट्टाछुट्टै मनाउन अनुरोध गरेका हुन ।

उनले उल्लासमय रूपमा मनाउन पर्ने प्रहरी दिवसमा पूर्ण रूपमा खुशी व्यक्त गर्ने वातावरण नभएको भन्दै अमर प्रहरीको दिवस छुट्टै र प्रहरी दिवस छुट्टै तरिकाले मनाउँदा दुबै कार्यक्रमको गरिमा बढ्ने बताए । उनले प्रहरीप्रति नागरिकको ठूलो भरोसा रहेको भन्दै कर्तव्य पालनामा नचुक्न अनुरोध गरे । प्रधानमन्त्रीले प्रहरीले विगतदेखि शान्ति सुरक्षाको स्थापनाका लागि गरेको कामको मुक्तकण्ठले प्रशंशा पनि गरे ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार ०९:५८