१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

श्रीमानले १९ वर्षीया श्रीमतीको खुर्पाले घाँटी रेटेर हत्या गरे


१ भदाै, गाेरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । “छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो”, उहाँले भन्नुभयो, “१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो ।

” प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् । हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । “उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।” मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १०:१८