१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

वेश्यालय सञ्चालक कांग्रेस नेता सुनबहादुर तमाङ सर्वोच्चको आदेशमा रिहा


६ बैशाख, काठमाडौँ । वेश्यालय सञ्चालक नेपाली कांग्रेसका नेता सुनबहादुर तमाङ धरौटीमा रिहा भएका छन । चेलीबेटी बेचेको ठहरसहित नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर भएका कांग्रेस नेता सुनबहादुर तमाङलार्इ बिहीबार सर्वोच्च अदालले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । उनी नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष समेत हुन ।

तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै सर्वोच्च अदालतले थुनामा नराख्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले तमाङलाई साधारण तारेखमा छाडेको हो । नुवाकोटकै दुई महिला सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय सुनाएको थियो । सो मुद्दामा प्रहरीले तामाङलाई ६ वर्षपछि पक्राउ गरेको थियो ।

अर्को मुद्दामा गाउँका करिब चार सय महिलालाई बेचेको, वेश्यालय चलाएको लगायत सबै अभियोगमा जिल्ला अदालत नुवाकोटले गत २०७४ चैत ९ गते सुनबहादुरलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । उनीसहितका तीन जनालाई यस्तो सजाय सुनाइएको थियो । सुनबहादुरलार्इ छुटाउनका लागि कांग्रेसका प्रभावशाली नेताहरू नै लागि परेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार १६:२३