१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

चार सय महिला बेचेको आरोप लागेका कांग्रेसका नेता सुनबहादुरलाई उच्च अदालतको सफाइ


१ साउन, काठमाडौँ । झण्डै चार सयबढी महिला बेचेको आरोप लागेका नेपाली कांग्रेस नुवाकोटका नेता समेत रहेका दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुनबहादुर तामाङ अदालतबाट सफाइ पाउँदै जेलमुक्त भएका छन । भारतको मुम्बई शहरमा चार ओटा कोठी सञ्चालन गदै नेपाली चेलीलाई यौन धन्दामा संलग्न गराउदै आएको आरोप लागेका सुनबहादुरलाइ उच्च अदालत पाटनले जिल्ला अदालत नुवाकोटको आदेश उत्ट्याउँदै सफाइ दिएको हो ।

उच्च अदालत पाटनका न्यायधिसद्धय रमेशबहादुर थापा र हरिप्रताप केसीको संयुक्त इजालसले असार ३० गते सुनबहादुरलाइ सफाइ दिएको हो । झण्डै चारसय महिला बेचेको आरोप लागेको भए पनि सुनबहादुरको विरूद्धमा तीन जना बेचिएका महिलाले उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा उनले चेलिबेटी बेचबिखनको काम गर्दै आएको ठहर गर्दै प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत नुवाकोटमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत नुवाकोटले ३७ वर्ष छ महिना कैद सजाँय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । जिल्ला अदालतका नुवाकोटका तत्कालीन जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले २०७४ सालमा सनबहादुरलाइ उक्त सजाय सुनाएको थियो ।

यो पनि पढ्नुहोस्

चार सय महिला बेचेको अभियोग लागेका कांग्रेस नेता सुनबहादुरलाइ ३७ वर्ष जेल सजाय

-वेश्यालय सञ्चालक कांग्रेस नेता सुनबहादुर तमाङ सर्वोच्चको आदेशमा रिहा

-कांग्रेस नेता सुनबहादुरकी श्रीमतिको ६४ नम्बरको कोठीबाट १९ वर्षिया नेपाली चेलीको उद्धार

 

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार ११:००