पहिलो पटक ओली र प्रचण्डले डेटलाइन पूरा गरे, एकता प्रक्रियाले पायो पूर्णता
३१ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक डेटलाइन पूरा गरेका छन् । यसअघि दुवै अध्यक्षले असार महिनाभित्रै पार्टी एकताकाे बाँकी काम टुंग्याउने घाेषणा गरेका थिए । साेही घाेषणाअनुसार ओली र प्रचण्डले पार्टी एकताकाे बाँकी रहेका काममा सहमती गरेका छन् । उनिहरूले केन्द्रिय सदस्यकाे कार्यविभाजन, जिल्ला इन्चार्ज र सह-इन्चार्जमा सहमति जुटाएका हुन् ।
अध्यक्षद्धयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएका थिए । बैठकले एकता प्रक्रियालाई टुंगो लगाएको र यसलाई छिट्टै बस्ने स्थायी कमिटीले अनुमोदन गर्ने महासचिव पौडेलले बताए ।
प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १९:१५