१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

विवाह नभएका केटीहरू नै विश्वका सबैभन्दा खुसी मानिस भएकाे प्रमाणित


१४ असार, काठमाडाैँ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनमा बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको प्रमाणित भएकाे छ ।

यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको छ । यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने छन् । एक्लो रहनु सम्बन्धी समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरु बेखुसी छन् । धेरै अभिभावकहरुसँगको आफ्नो खुलस्त अन्र्तक्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेको हाे ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार १६:०८