१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

प्रिति जिन्टाका पूर्व प्रेमी जापानको जेलमा, यस्ताे रहेछ जेल जानुकाे कारण 


१८ वैशाख, काठमाडाैँ । बलिउड नायिका प्रिती जिन्टाका पुर्व प्रेमी नेस वाडीयालाई जापानकाे सपोरो जिल्लाको अदालतले जेल सजाए सुनाएकाे छ । २ सय ८३ वर्ष पुरानो वाडिया समूहका उत्तराधिकारी नेस वाडियालाई २५ ग्राम लागुऔषध राखेको आरोपमा जापानमा दुई वर्षको जेल सजाय सुनाइएको हाे ।

 मिडिया रिपोर्टका अनुसार वाडिया मार्चमा जापानको होक्काइडो आइल्याण्डको एयरपोर्टमा पक्राउ परेका थिए । छुट्टी मनाउन जापान पुगेका नेसले जापानमा विभिन्न गैर–कानूनी काम गरेकाे अन्तरराष्ट्रिय मिडियाले बताएका छन् । नेसले नीजि प्रयोगका लागि लागुऔषध राख्ने गरेकाे कुरा स्विकारेका छन् ।

वाडिया ग्रुपले नेस भारतमा भएको जानकारी दिएका छन् । ग्रुपले भन्यो, ‘जापानको अदालतले उनलाई जुन सजाय सुनाएको छ त्यो सस्पेन्ड छ । त्यसकारण नेसको काम–कारवाही र उनको जिम्मेवारीमाथि कुनै असर पर्ने छैन ।  नेस बम्बे डाइंग र बम्बे बरमाह ट्रेडिङ कर्पसमेत केही अन्य कम्पनीका निर्देशक हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १३:४३