१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलियालाई,  दीपिका पादुकोणले मागिन् माफी


१२ चैत, भारत । फिल्मफेयर अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टले पाएकी छिन् । अवार्ड आलिया भट्टले पाएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफि मागेकी छिन् । मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पछिल्लो समय रिलीज भएको उनको फिल्म ‘पद्मावत’ बाट उनलाई सर्वोकृष्ट अभिनेत्रीको अवार्ड नमिलेको प्रति दुख व्यक्त गर्दै माफि मागेको बताएकी छिन् ।

फिल्म ‘पद्मावत’ बाट दीपिकालाई सर्वउत्कृष्ट अभिनेत्रीको अवार्ड नदिएपछि उनका फ्यानहरुले पनि सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् । उनीहरुले आयुष्मान खुराना र रणबीर कपूरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइँदा दीपिकालाई सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड नदिइनु पक्षपात भएको बताएका छन् ।

 

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलवार १३:५६