१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सम्पूर्णतासितको सहयात्रा ! (नारी दिवसका सन्दर्भमा उपप्रधानमन्त्री पोखरेलले रचना गरेको कविता)


२४ फागुन, काठमाडाैँ । १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सम्पूर्ण महिलाहरूमा आदरपूर्वक समर्पित एउटा कविता रचना गरेका थिए ।  जुन अाजका दिनमा पनि उत्तिकै सान्दर्भिक छ । विगतमा पोखरेलले लेखेको उक्त कविता केहीबेर अघिमात्र समाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि हामीले दैनिकीमा समेत स्थान दिएका छाैँ  ।

–इश्वर पोखरेल

वात्सल्यताको छाता ओडेर,
निश्चलतासहित छुनुमुनु गर्ने
सुन्दर छोरीको रुपमा …..।
जीवनभरि
आदर, माया,भरोसा र विश्वास गर्ने
स्वप्नदर्शी बहिनीको रूपमा ।

आडभरोसा तथा आवश्यकपर्दा
ढाढस दिने दिदीको रूपमा ।

माया, विश्वाससहित जीवनभरि
बाँच्नेमर्ने संकल्प गर्ने ,
मायाको पोखरीमा सम्पूर्णरूपमा
पौडिन सिकाउने प्रेमिकाको रूपमा ।

सम्पूर्ण रूपमा समर्पित,
सुख दुखमा सँधै हिस्सेदार पत्नीका रूपमा।

ममता, स्नेह र संरक्षणकी अजश्र स्रोत
आमाको रूपमा ।

अर्थात् ,…
म तिमीलाई सम्पूर्णतामा देख्न चाहन्छु,
त्यस्ती ” तिमी” सित सहयात्रा चाहन्छु …।

(पोखरल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य र उपप्रधान तथा रक्षामन्त्री हुनुहुन्छ ।)

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १३:३४