१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

श्रीमती देखेर लजाए कपिल,  श्रीमतीका निम्ति गाए रोमान्टिक गीत


२० फागुन, भारत । आफ्नाे कमेडी शाेमा श्रीमतीलाई देखेर कपिल सर्मा लजाएका छन् । उनकी श्रीमती गिन्नी चतरथ उक्त शाेमा पाहुनाकाे रूपमा उपस्थित थिइन् । पहिलो पटक आफ्नाे कार्यक्रम कमेडी शाेमा आएकी आफ्नी श्रीमती चतरथकालागि कपिलले रोमान्टिक गीत    गाएका थिए ।

कपिल शर्मा शेमा धेरैजसो उनकी आमालाई देख्न सकिन्छ ।  कार्यक्रममा आएका सबै पाहुनाले गीत गाएपछि मिका सिंहले कपिल र न्नीलाई औंल्याउँदै भने, ‘हामीले जति राम्रो गाएपनि गिन्नी भाउजु त्यतिबेला मात्र खुसी हुनुहुन्छ जब कपिल गाउँछन् ।’

मिका सिंहको कुरा सुनेर कपिल शर्मा पहिला त लजाए । त्यसपछि सबैको मागपछि कपिल शर्माले गिन्नीका लागि रोमान्टिक गीत ‘ओ हंसनी, मेरी हंसनी’ सुनाए । कलेज पढ्दाका राम्रा साथी कपिल शर्मा र गिन्नीले गत वर्ष डिसेम्बर १२ मा विवाह गरेका थिए । एजेन्सी

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार २१:५१