१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

पोखरामा तयार गरिएकाे भारतीय गायक सोनू निगमको म्यूजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक(भिडियाेसहित)


२० फागुन, काठमाडाैँ ।  भारतीय गायक सोनू निगमले नेपालकाे पाेखरामा तयार गरेकाे म्युजिक भिडियाे अाज सार्वजनिक गरेका छन् । उनकाे म्युजिक भिडियाे अाज शिवरात्रीलार्इ लक्षीत गरी निगमले उक्त भिडियाे तयार गरेका थिए ।

 निगमले शिवरात्रीको तीन दिन अघि भगवान शिवको नाममा एउटा म्यूजिक भिडियो रिलिज गरे । टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज भएको थियो । लेखक व्यापारी बसन्त चौधरीले लेखेकाे गीतको छायांकन पोखरामा भएको छ ।सोनू निगमले यो गीत आफ्नी आमालाई समर्पण गरेको बताइएकाे छ।एजेन्सी

हेर्नुहाेस भिडियाे

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार १३:०४