१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

हेलिकप्टर खस्नाले खस्यो रविन्द्रकाे जुनी (गजल)


-रामबाबु सुवेदी

हेलिकप्टर खस्नाले खस्यो रविन्द्रकाे जुनी
मुर्छाभित्र छ यो देश, मुर्छाभित्रै छु मै पनि
राष्ट्रसेवकलाई म असाध्यै मनपराउँछु
देश हुँ जसले भन्छ त्यसलाई सराउँछु

आमा लक्ष्मी, बाबा इन्द्र, रविन्द्र गाउँको ठिटो
पिता शिक्षक सद्ज्ञानी, ज्ञान-गंगा निकै मिठो
गाई-भैँसी कटेरामा, धान कोदो तलातिर
कास्कीको एउटा गाउँ, सुख दुख बराबर

जमुनाको बोट लटरम्म फल्यो अरे
स्वादिला फल खाएर पोखरा मख्खियो भरे
अचानक ढल्यो बोट, बन्यो समय निष्ठुरी
आँसुले भरिएको छ आज भरतपोखरी

फुङलिङ दुखेको छ, ताप्लेजुङ अवाक छ
सिस्नेखोला दुखेको छ, पाथिभरा अवाक छ
चुहानडाँडो दुखेको छ, तेह्रथुम अवाक छ
आज देशै दुखेको छ, दुखाइमा रविन्द्र छ

रविन्द्र दौडिएको हो बनाउँछु भनि घर
उड्यो आकाशमा धेरै, गुड्यो त्यो धर्तीतिर
उड्दा-उड्दै झर्यो पात तर सात झरेन है
थुंगो झर्दछ धर्तीमा, झर्दैन वासना कवै

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार १७:५३