१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

शुक्रबार ‘लभ स्टेशन’को पोष्टर रिलिज, देखिए प्रदीप र जसिता


१७ फागुन, काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले  शुक्रबार ‘लभ स्टेशन’काे पोष्टर रिलिज गरेकाे छ ।  २२ चैतबाट प्रदशर््नमा आउने फिल्मकाे उक्त पाेस्टरमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ देखिएका छन् । उज्वल घिमिरेले निर्देशन गरेकाे सांगीतिक प्रेम कथामा आधारित यो फिल्मको पोष्टर चरित्र अनुसार तयार गरिएको प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १९:४८