१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

चलचित्र विकास बोर्डको अधक्ष्यमा सुचित्राले दिइन् दरखास्त


१७ फागुन, काठमाडौँ । निकिता पौडेलले राजीनामा दिएपछि चलचित्र निर्देशक तथा निर्देशक समाजको पहिलो महिला अध्यक्ष सुचित्रा श्रेष्ठले चलचित्र विकास बोर्डको अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएकी छिन् । निकिता पौडेलले कार्यकाल सकिन १० महिना अगाडि नै  राजीनामा दिएकी थिइन् । चलचित्र ‘प्रेमयुद्ध’ बाट निर्देशनमा लागेकी सुचित्राले ‘सहारा’, ‘समर्पण’ र ‘भाइटीका’को निर्देशन र लेखन गरेकी छन् ।

आफूसँग भएको दक्षता तथा अनुभवलार्इ लिएर आगामी दिनमा चलचित्र क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने सोच लिएकी सुचित्रा त्रकारितामा समेत लामो समयदेखि आबद्ध छिन् ।  सरकारले निष्पक्ष रुपमा नियुक्त गरेमा आफु चलचित्र विकास बोर्ड सम्हाल्न तयार रहेको सुचित्राले बताएकी छिन्र । चलचित्र क्षेत्रमा भएको विकृतिलाइ चिर्दै विकास बोर्डलार्इ सुदृढीकरण गर्न आफू सक्षम रहेको समेत उनको दाबी छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १९:०७