१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

धादिङका कृशल कडेलको पहिलो म्युजिक भिडियो आयो सेड्रिनाको साथमा


१२ फागुन, काठमाडाैँ । सुन्दर अनुहार र व्यक्तित्वका धनी आइडल सिजन २ मा चर्चित बनेका कृशल कडेलले आफ्नो पहिलो म्युजिक भिडियो सेड्रिनाको साथमा बजारमा ल्याएका छन्। गायनसंगै भिडियोमा कृशलले किशोरी नायिका सेड्रिना शर्माको नायक भएर अभिनय गरेका छन् । कृशल नेपाल अाइडल सिजन २बाट चर्चामा अाएका हुन् भने सेड्रिना “नाईँ नभन्नु ल ५” अभिनय गरेर चर्चामा आएकी थिइन ।

 ओढेर घूँघट’ बोलको कृशलको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको प्रेमिल भावको शब्द रहेको छ। यसमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका हुन् । कृशल नेपाल आइडलको दोस्रो सिजनमा टप ८ मा पुग्न सफल भएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार १८:१५