१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

अमिताभको फिल्म प्रचारमा यस कारण दौडिदै छन् साहरुख


१२ फागुन, काठमाडाैँ । नायक अभिताभ बच्चन नयाँ चलचित्र ‘बदला’को प्रचारमा नायक साहरुख खान बेस्त भएकाे देखिन्छ ।अभिताभ बच्चनले नायक साहरुखसँग सेल्फी लिदै गरेको एक तस्विर पनि सार्वजनिक भएकाे छ । नायक बच्चन आफ्नो नयाँ चलचित्र ‘बदला’को प्रचारमा व्यस्त पनि देखिन्छन् ।

‘बदला’लाई रेड चिल्लीको ब्यानरमा साहरुख खानले निर्माण गरेका हुन् । साहरुख पनि अहिले यस चलचित्रको प्रचारमा समय दिइरहेका छन् । सुजय घुस निर्देशित यो चलचित्रले मार्च ८ लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रमा अभिताभसँगै ताप्सी पन्नुको पनि मुख्य भूमिका छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार १३:२९