१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सौन्दर्य प्रतियोगिताकाे आवेदन खुला


८ फागुन, काठमाडौं  । स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको छ ।

‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित स्वास्थ्य पेसासँग सम्बन्धित यो एकमात्र सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीले आवेदन भर्न सक्नेछन् ।

अन्तराष्ट्रियस्तरमा शान्ति सन्देश फैलाउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको छ ।

प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाको दाबी छ ।

प्रतियोगीताको पहिलो अडिसन ११ फागुनमा राजधानीमा हुँदैछ । सहभागी हुन चाहनेले नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यलय टेकुबाट आवेदन फर्म भर्न सक्नेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार १८:३२