१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

किन चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले  निर्देशन दियाे ?


६ फागुन, काठमाडौं  । चलचित्र बुलबुलको पोस्टरमा मदिराको विज्ञापन देखिएकाले प्रहरीले उक्त पाेस्टर हटाउन  निर्देशन दिएको छ। पोस्टर हटाउन निर्माता र निर्देशकलाई कार्यालयमै बोलाएर निर्देशन दिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

  पोस्टर हटाउन प्रहरीले निर्देशन दिइपछि  हटाउन सुरु भएको बोगटीले बताएका छन् । विनोद पौडेलद्वारा निर्देशित चलचित्र बुलबुल शुक्रबारदेखि प्रदर्शनमा आइसकेको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार १७:४७