१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

महानायक राजेश हमाल ‘शान्ति तथा मानवता’ अवार्डबाट सम्मानित 


६ फागुन, काठमाडौं । महानायक राजेश हमाल ‘शान्ति तथा मानवता’ अवार्डबाट सम्मानित भएका छन् । बज्रकिल्या प्रोडक्शनले काठमाडाैँमा आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रमले हमाललाई सो अवार्ड प्रदान गरिएको हो ।

काठमाडौंको होटल र्याडिशनमा आयोजना गरिएको कार्यक्रममा हमालसँगै, पत्रकार ऋषी धमला, रेस्लर हिमालयन टाइगर लगायत ११ व्यक्तिले उक्त अवार्ड थापेका थिए ।

फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले अवार्ड प्रदान गरेको कार्यक्रममा बोल्दै बज्रकिल्या प्रोडक्शनको सीइओ जाम्पा फुर्वा दोर्जे लामाले हिमालय क्षेत्रको भाषा, संस्कृति संरक्षण गर्न र नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा अघि बढाउन ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कोशे ढुंगा सावित हुने बताए ।

कार्यक्रममा गायक मिंग्मा शेर्पा, सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा महिला डोमा शेर्पा, कान्छो चलचित्र निर्देशक सौगात बिष्ट लगायत समेत सम्मानित भएका थिए

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार १२:२९