२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

 किन औषधि खान मान्दैनन् एचआर्इभी संक्रमित ?


२६ मंसिर, डोटी । कयौं एचआर्इभी संक्रमितहरुको औषधि सेवन गर्दागर्दै मृत्यु भएको कारण  औषधि खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएकोले एचआर्इभी संक्रमितहरु औषधि सेवन गर्दैनन् ।

पछिल्लो समयमा देखिएको समस्या लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने मानसिकता रहेको र लगातार औषधिको सेवन गर्न झण्झट मान्ने गरेकाे जिल्ला अस्पताल डोटीका डा गिरीश अवस्थी बताउँछन् ।   रहेछन् ।’

डोटी पूर्वीचौकीकी साबित्री (नाम परिवर्तन) २०६३ सालदेखि एआरटी प्रयोगकर्ता हुन्, तर बिगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् ।

साबित्री आफूलाई बिराम निको भइसकेकोले अब सधैं औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दि गर्छिन् । एआरटी सेवन गर्न छोडेपछि उनलाई अन्य रोगहरुले संक्रमण गर्न थालेको छ ।

साबित्री जस्तै अन्य संक्रमितहरुले पनि औषधि सेवन गर्न आनाकानी गर्ने गर्छन । ‘स्वास्थ्य संस्थाबाट औषधि लगेर जान्छन् तर घरमा लगेर थन्काइदिन्छन्,’ संक्रमित कमला मल्ल भन्छिन् ‘एक महिलाले २४ महिनासम्मको औषधि घरमै थन्काएको पाइयो ।’ औषधि सेवन नगरेकै कारण ती महिलाको छिट्टै मृत्यु भएको कमलाको दावी छ ।

संक्रमितहरुलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बिचमै अाैषधी सेवन गर्न छोड्ने गरेकाे जिल्ला अस्पताल डोटीका डा. भुषण मिश्रले बताए ।  डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ जना सम्पर्कबिहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले जानकारी दिए ।

सात सय ६४ संक्रमितमध्ये एक सय ५१ को मृत्यु भइसकेको समेत रेग्मीले बताए । उनका अनुसार ६० जनालाई जिल्ला बाहिर रेफर गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा ६ हजार सात सय २४ जना एचआईभी संक्रमित रहेका मलासी बताउँछन् ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार १२:३३