१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन


६ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको बाेनस सेयरमा मूल्य समायोजन भएकाे छ । नेप्सेमा प्रभु इन्स्योरेन्सको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७३७ रुपैयाँ ४७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ७७२ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १०.२६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४५७.७४ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार ५०४.७० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीको सोही मूल्यको आधारमा नै आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार १६:३२