१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

नेप्सेमा दोहोरो अंकको गिरावट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए


६ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को बिन्दुमा झरेको छ । बिहीबार २ अर्ब ९ करोड ३६ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहीबार कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री भएको छ ।

रुरु जलविद्युत् परियोजना नौ दशमलव ९९, गुर्खाज फाइनान्स नौ दशमलव३९, सिभिल बैंकको ऋणपत्र आठ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले पाँच दशमलव ८४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार १५:२६