१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता


६ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को बिन्दुमा झरेको छ ।

बिहीबार गाेर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ८२ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख ३७ हजार रुपैयाँ,पोखरा फाइनान्सको ७ करोड ३७ लाख ५५ हजार रुपैयाँ, सिवम् सिमेन्टको ५ करोड ४५ लाख १९ हजार रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ५ करोड ३० लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार १५:१०