१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम भव्य रुपमा सम्पन्न


५ वैशाख, सानफ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त डे परेड गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टर, ले आयोजना गरेका हो । एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाको अनुसार डे परेडमा ४ हजार भन्दा धेरै नेपालीहरु सहभागी भएका थिए ।

परेडमा सहभागीहरु आ आफ्नो संस्कृति र परम्परा झल्कने भेषभूषामा सजिएका थिए । बोर्ड अफ डाइरेक्टर जनक राज ढुङ्गाना अनुसार नेपाल र नेपाली संस्कृतिलाई अमेरिकासामु पहिचान दिने उदेश्यका साथ परेडको आयोजना गरिएको हो । नेपाल डे परेड विशेष कार्यक्रम अप्रिल १४ मा सानफ्रान्सिस्कोको सिटीहलमा ११ बजेदेखि सुरु भएको थियो ।

सिटीहलबाट सुरु भएको डे परेड स्थानीय मार्केट स्ट्रिटमा जम्मा भएर मनाइएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली महहावाणिज्य दूत ॠषि ढकाल, विशेष अतिथि एनआरएनएका सभापति अर्जुन बञ्जाडे रहेका थिए । परेडलाई अमेरिकी राष्ट्रपति जो बाइडेनका एसियन अमेरिकन सल्लाहकार अजय भुटोरियाले सम्बोधन गरेका थिए ।

यसका साथै क्यालिफोर्निया राज्यका विभिन्न सिटीका मेयरहरुको समेत सहभागिता थियो । कामको शिलशिलामा विदेशमा बस्नु परेता पनि हामी सबै नेपालीहरु एकताबद्ध र एकजुट छों भन्ने सन्देश दिन पनि कार्यक्रमले सहयोग गरेको अध्यक्ष हरी ओझाले बताए । परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत भएको थियो ।

नेपाली चर्चिच क्रिकेटर पारस खड्कासमेत डे परेडमा सहभागी भएका थिए । परेड सम्पन्न गर्नमा एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा, आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामा, बेष्ट रिजनका विष्णु केसी, उत्तम कार्की लगायतकाहरुको विषेश योगदान रहेको बताइएको छ ।

कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रहेका एनआएनएन च्याप्टरबाट पनि उल्लेख्य मात्रामा सहभागिता थियो । एनआरएनए एनसीसीका अध्यक्ष डा. अर्जुन बञ्जाडेसहितका पदाधिकारी र बीओडीहरुको सहभागिता थियो । कार्यक्रम मा अमेरिकी डलर 50000 खर्च भएको कोषाध्यक्ष तेजेन्द्र बराल ले बताउनुभयो ।

गत अप्रिल १२ र १३ मा सर्वाधिक पुरस्कार राशी भएको एनआरएनए भलिबल कप समेत आयोजना गरिएको थियो । उक्त कपको उपाधि टेक्ससले जितेको थियो । यसले १२ हजार डलर पुरस्कार हात पारेको थियो । कार्यक्रमलाई सफल बनाउन अमेरिकाको विशेष गरी क्यालिफोर्नियामा नेपालीहरु संलग्न रहेका संघ सस्थाहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार १२:२५