१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ


५ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागु औषध मुद्दामा फरार रहेका दावालाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हाे ।

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ११:४६