१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

यादुको म्युजिक भिडियो ‘चिया पिउने बहानाले’ सार्वजनिक


५ वैशाख, काठमाडौं। नव गायक यादु सुवेदीको ‘चिया पिउने बहानाले’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। यसमा अनीश ओकिलीको शब्द तथा सङ्गीत र जेम्स प्रधानको सङ्गीत संयोजन रहेको छ।

भिडियोमा गायक यदु र मोडल रेनुका आले मगर फिचर्ड छन्। यसलाई दिनेश ठकुल्लाले निर्देशन गरेका छन् भने छायाङ्कन नरेश ऐर र सम्पादन राजेश कुमारले गरेका छन्। गायक यादुले नेपाली सङ्गीत क्षेत्रमा भविष्य निर्माणको योजनासहित गीत सार्वजनिक गरेको बताए।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ११:३४