१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो, यस्तो छ प्रतिसेयर आम्दानी


५ वैशाख, काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनामा फाइनान्सले १३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.२८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५७.८९ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.५० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८२.२३ प्रतिशत घटेको छ।

७२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा २५ करोड ४० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर २४ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात १६८२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ११:०६