१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

सुनको भाउ उच्च विन्दुमा पुगेर स्थिर, प्रतितोला १ लाख ३९ हजारमा कारोबार


५ वैशाख, काठमाडौँ । सुनको भाउ उच्च विन्दुमा पुगेर स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार भने सुनको मूल्य एक हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको थियो । बुधबार चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले घटेर एक हजार ७१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार १०:५७