१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै प्रभु केवलकार


५ वैशाख, काठमाडाैं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।

प्रतिस्पर्धाबाट छनोट हुने बिक्री प्रबन्धकले कम्पनीकाे आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउन शिलबन्दी आह्वान गरिएको कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ । कम्पनीले प्रिमियम भाउमा आईपीओ जारी गर्ने भएको छ ।

इच्छुक बिक्री प्रबन्धक कम्पनीले सूचना प्रकाशित भएको ४५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । छनौट भएको बिक्री प्रबन्धकले कम्पनीको आईपीओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।

कम्पनीले ३ वटा केवलकार परियोजना निर्माण कार्य अघि बढाएको छ । जसमध्ये रुपन्देहीमा सिद्धार्थ केवलकार प्रोजेक्ट सम्पन्न हुने चरणमा छ । रुपन्देही जिल्लाको मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केवुलकार निर्माण अन्तिम चरणमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ०९:४५