१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

५ वैशाख, काठमाडौँ। सरकारले आज राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।  राम नवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो ।

आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । अब बजार वैशाख ६ गते बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा बन्द भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ०९:२४