१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान


४ वैशाख, काठमाडाैँ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीको लागि पुनः दाबी पेस गर्न गरेका छन्। सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

यसअघिका दुवै दाबी अस्वीकृत गर्दै  मियाँले संविधानकाे धारा १६८ काे (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न वैशाख ६ गते साँझ ५ बजेसम्मकाे समय दिएकाे प्रदेश प्रमुखकाे कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १८:०७