१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मधेश सरकारबाट बाहिरियो लोसपा, वन तथा वातावरण मन्त्री कुर्मीले दिए राजीनामा


४ वैशाख, काठमाडाैँ । मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले पदबाट राजीनामा दिएका छन्। मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेसँगै कुर्मीले पदबाट राजीनामा दिएका हुन् ।

लोसपाबाट उनी प्रदेश सरकारमा एक्ला मन्त्री थिए। प्रदेश सभामा मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिँदैछन्।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १७:२९