१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने


४ वैशाख, काठमाडाैँ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको टिकट खरिदमा छुट पाउने भएका छन् । यसका लागि प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच दुई पक्षीय समझदारी भएको छ । सो समझदारीपत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल(स्काइवाक)का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

प्रभु बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल,रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारी बैंकले दिएको छ । स्काइवाक टावर कुल ७८.५ मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको ३६० डिग्रीमा दृश्यावलोकन गरि मनोरञ्जन लिन सकिन्छ । प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १६:३७