१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २ हजार बिन्दुबाट तल झर्यो


४ वैशाख, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा बन्द भएको छ । नेप्सेमा आज २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज एसबीएल डिभेञ्चर र गुराँस फाइनान्सकाे सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।  यी कम्पनीको यस दिन सेयर मूल्यमा क्रमशः  ९.९९ र ९.९६ प्रतिशतले बढेको छ ।   आज रुरु जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १५:२९