१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता


४ वैशाख, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा बन्द भएको छ ।

मंगलबार गाेर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ५९ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख ५३ हजार रुपैयाँ, पोखरा फाइनान्सको ६ करोड ६८ लाख ९८ हजार रुपैयाँ, सर्वोत्तम सिमेन्टको ४ करोड ५९ लाख ८१ हजार रुपैयाँ र शिवम् सिमेन्टको ४ करोड ४७ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १५:१५