१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

३ अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ


४ वैशाख, काठमाडाैँ । नेपाल एसबिआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा नेपाल एसबिआई बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतीपश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ । बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटीएमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १४:३४