१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले बन्जी गर्दा छुट पाउने


४ वैशाख, काठमाडाैँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७,पोखरामा स्थित बन्जी नेपाल एडभेन्चर प्रालिबीच बैंकका ग्राहकहरुलाई बन्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल ऐडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बञ्जी नेपाल एडभेन्चर प्रालिमा गई एकल बन्जी गर्दा रु १००० र जोडी बञ्जी गर्दा रु १५०० सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १४:२७