१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

डलरको भाउ हालसम्मकै उच्च विन्दुमा


४ वैशाख, काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा र खरिददर१३३ रुपैयाँ २३ पैसा कायम भएको छ । यसअघि चैत २३ गते १ डलरको बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा र खरिददर १३३ रुपैयाँ २१ पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार ११:४०