१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला १ लाख ३९ हजार नाघ्यो


४ वैशाख, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार ११:०३