१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्यो लाभांश, यस्तो छ बोनस


४ वैशाख, काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै प्रस्तावित लाभांश नेपाल सरकार र बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १०:४५