१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

पोखरामा प्रभु बैंकको नयाँगाउँ शाखा कार्यालय सञ्चालन


४ वैशाख, काठमाडाैँ । प्रभु बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आफ्नो ३०२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा वैशाख ३ गतेदेखि उक्त नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेका हुन् ।

उक्त शाखा उद्घाटनका क्रममा शान्ती शेरचन गौचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको प्रकाश पारे । उनले प्रभु बैंकको यो अभियानले देश भरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरे ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १०:२५