१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

एक लघुवित्तको नगद लाभांश सेयरधनीको खातामा जम्मा


४ वैशाख, काठमाडौं । नेशनल लघुवित्तले नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गएको छ । कम्पनीको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीहरूको बैंक खातामा जम्मा भएको हो ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज गरेको थियो । फागुन २९ गतेसम्म आफ्नो हितग्राही खाता (डिम्याट) मा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ । साथै, आफ्नो सेयर प्रमाणपत्र हालसम्म पनि अभौतिकीकरण नगरेका सेयरधनीलाई यथाशीघ्र अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

फागुन २९ गतेसम्म धितो राखेका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको  छ । साथै, सो मितिपश्चात् कर्जा चुक्त भुक्तान गरेका सेयरधनीको हकमा सम्बन्धित बैंकरवित्तीय संस्थाको फुकुवापत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १०:१३