१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

वित्तीय सेवा लिनु अघि राम्ररी बुझेर मात्रै हस्ताक्षर गरौंः राष्ट्र बैंक


४ वैशाख, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा लिनु अघि राम्ररी बुझेर मात्रै हस्ताक्षर गर्न अनुराेध गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ग्राहकहरुले वित्तीय सेवा लिनु अघि सबै कुरा बुझेर मात्रै हस्ताक्षर गर्न अनुराेध गरेको हाे ।

‘जुकसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन् । सर्तहरुको पूर्ण पालना गर्नु दुवै पक्षको कानूनी दायित्व हो ।ग्राहकहरुले वित्तीय सेवाहरु लिनुअघि सर्तहरु पढ्ने र बुझने गर्नु पर्छ । नबुझिएमा प्रश्न सोधी प्रष्ट हुने र हस्ताक्षर गरिएको कागजको एकप्रति आफूले सुरक्षित राख्ने गर्नुपर्छ । ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरु बुझ्ने अधिकार हुने र सर्तहरु बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकको हुन्छ ।ग्राहकहरुले सोधेका प्रश्नहरुको सही र सरल जवाफ दिनु ग्राहकको कारोबारसम्बन्ध्री पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवाप्रदायकको दायित्व हाे ।’ राष्ट्र बैंकले जारी गरेकाे सूचनामा उल्लेख गरेको छ  ।

‘भोलि पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नबुझेसम्म प्रश्न सोध्ने गरौं ।’ राष्ट्र बैंकले भनेकाे छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार ०९:५६