१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

पुरानो लाभांश बुझिलिन सेयरधनीहरुलाई नेपाल बैंकको आग्रह


४ वैशाख, काठमाडौँ। पुरानो लाभांश बुझिलिन नेपाल बैंक लिमिटेडले सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै ४ आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को साधारण सभाबाट पारित भएको बोनस तथा नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

उक्त अवधिको लाभांश केही सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले ती सेयरधनीहरुलाई उक्त लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।

आवश्यक कागजातसहित स–प्रमाण कम्पनीको रजिष्ट्रार हिमायलय क्यापिटल लिमिटेड(साविकको सिभिल क्यापिल मार्केट)ठमेल,काठमाडाैंमा निवेदन पेश गरी सेयरधनीहरुले नगद तथा बोनश लाभांश लिन सक्ने बैंकले जनाएकाे छ ।

यसका साथै आव २०७५/७६ देखि २०७८/७९ सम्मको बोनस सेयरहरु सिधै हितग्राही खातामा जम्मा हुने र नगद लाभांश सिधै हितग्राही खातामा अद्यावधिक गराइएको बैंक खातामा जम्मा हुने हुँदा हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाइै बैंकले अद्यावधिक गराउन भनेकाे छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार ०९:१५