१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

३० प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको खुद नाफा, यस्तो छ प्रतिसेयर आम्दानी


३ वैशाख, काठमाडाैं। आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ११ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २१ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले समीक्षा अवधिसम्म भने १८ करोड ५१ लाख मात्रै खुद ब्याज आम्दानी गरेको छ । यसरी संस्थाको खुद ब्याज आम्दानी १३.४९ प्रतिशतले घटेको छ ।  सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म ९४ करोड ४३ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडाकोषमा २३ करोड ३१ लाख रहेको छ। त्यस्तै संस्थाको प्रतिसेयर आम्दानी १५.५३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२४.६९ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ११:२८