१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

आज बढ्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य


३ वैशाख, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ र  तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ११:०७