१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै अर्घाखाँची सिमेन्ट


३ वैशाख, काठमाडौँ । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारण लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौता पत्रमा अर्घाखाँची सिमेन्टका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार १०:१५