१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सर्दन नाइटस क्रिकेट क्लबद्वारा खेलाडीहरुको सम्मान, बर्ष खेलाडी गोबिन्द कार्की


एडिलेड । सर्दन नाइटस क्रिकेट क्लब एडिलेडले  खेलाडीहरुको सम्मान गरेको छ । यस बर्षको साउथ अष्ट्रेलियाको लिग बिजेता क्लवले एक सम्मान साँझको आयोजना गरि सम्मान गरेको हो ।

क्लवले २०२३/०२४ को क्रिकेट सिजनमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई विभिन्न विधामा सम्मान गरेको थिए । जसमा बर्ष खेलाडी गोविन्द कार्की भएका छन् । उनले यो सिजनमा ४६८ रन सहित १२ उईकेट लिएका थिए ।  उनलाई क्लवले ट्रफी र अष्ट्रेलियन डलर ५०० ले सम्मान गरेको थियो ।

यसै गरि पहिलो म्यान अफ द म्याच- अभिषेक श्रेष्ठलाई ट्रफी र १०० डलर , सिजनको उत्कृष्ट क्याच- सागर राज कँडेललाई ट्रफी र १५० डलर, मोस्ट ईम्प्रुभुट प्लेर अफ दि एयर – नवीन कँडेललाई १०० डलर र ट्रफी, वर्षको उत्कृष्ट इनिङ्- राजु गुरुङलाई १०० डलर र ट्रफी प्रदान गरिएको थियो ।

भने उत्कृष्ट बलर – जेनिश श्रेष्ठले यस बर्ष १९ विकेट लिएका थिए । उनलाई २००डलर  र ट्रफी प्रदान गरिएको थियो । उत्कृष्ट ब्याट्सम्यान- सागर क्षेत्री (५६.१३ को औसतमा ४४९ रन)लाई

ट्रफी र $200, र वर्षका समर्थक- किरण भण्डारीलाई सम्मान गरिएको थियो । भने खेलाडी किराज ओझाले औपचारिक खेलबाट बिदाई लिएकोमा खादा माला लगाएर विदाई गरिएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का) अध्यक्ष विजय जोशीले सम्मानितहरुलाई बधाई दिदै क्लवले यस बर्ष प्रदर्शन गरेको उत्कृष्ट खेलको प्रशंसा गरेका थिए  । कार्यक्रममा एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेजका एडिलेडका निर्देशक रुपक वर्तौला, लोन सोलुसन एडिलेडका निर्देशक अंकित अधिकारी, सम्मानितहरु गोविन्द कार्की र किराज ओझा, नेपाली राष्ट्रिय खेलाडी सुवास खकुरेल, क्लवका कप्तान सागर राज कडेल, दिपक क्षेत्री, लुकास भान्जाटी, नेराजित रिमाल लगायतले मन्तव्य राखेका थिए । प्रसुन थापा मगरको संचालन रहेको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष बिकास सुवेदीले गरेका थिए । कार्यक्रम समापन गर्दै अध्यक्ष सुवेदीले यस बर्ष लिग विजयी हुन मेहनत गर्ने खेलाडी, कोच, सौजन्य कर्ता व्यवसायी, खेलाडीका परिवार, मिडिया सहित सहयोगहरुमा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार १२:०२