१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सुनको भाउमा भारी गिरावट, यस्तो छ प्रतितोला मूल्य


२ वैशाख, काठमाडौँ। नेपाली बजारमा आज सुनको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३२.४७ डलरले घटेको थियो । जसका कारण नेपाली बजारमा समेत सुनको मूल्य घटेको हो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार १०:४८