१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट सामान खरिद गर्दा छुट


३० चैत, काठमाडाैँ । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम २०० रुपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पीओएस मेसिन मार्फत कारोबार गर्दा अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि ०१ वैशाख २०८१ देखि ०३ वैशाख २०८१ सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ ।

काठमाडाको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १७:३२